श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्न सांसद गैरेको माग

२०८२ बैशाख १४ आइतबार
सारांश
  • आइतबार प्रतिनिधिसभामा बोल्दै उनले नेपालको संविधान र अहिलेको व्यवस्थामा ‘श्री ५’ कहाँ छ भन्दै प्रश्न गरेका हुन् ।

 

काठमाडौं :  नेकपा एमालेको सांसद ठाकुर गैरेले नेपालको संविधानले समेत नचिन्ने ‘श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव’ लेखेको भन्दै कारबाही गर्न माग गरेका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै उनले नेपालको संविधान र अहिलेको व्यवस्थामा ‘श्री ५’ कहाँ छ भन्दै प्रश्न गरेका हुन् ।


उनले भने, ‘हिजो अत्यन्त लज्जास्पाद र संविधान विपरितको एउटा वक्तव्य आयो, डा.फणिराज पाठक, संवाद सचिबका नामबाट वक्तब्य प्रकाशित भयो । त्यसको हेडलाइनमा लेखिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव’बाट बक्सेको समवेदना सन्देश । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु– नेपालको संविधान र आजको व्यवस्थापमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव  भन्ने कहाँ छ ?’


साथै उनले यस्तो लेख्नेमाथि तत्काल कारबाही गर्नुपर्ने बताए । उनले संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन भन्दै प्रश्न गरे ।


उनले भने, ‘यो लेख्न कसरी सकिन्छ, यस्तो लेख्न कसरी सम्भव भयो? संसद्को सर्वोच्चता र कानुनी राज्यको उपहास गर्न पाइन्छ कि पाइँदैन ? त्यसो गरेर यहाँ बस्न पाइन्छ कि पाइँदैन? संवाद सचिव नाम रहेका फणिराज पाठक र समवेदना बक्सने ज्ञानेन्द्रवीर विक्रम शाहलाई नेपालको संविधान बमोजिम तत्काल कारबाही गरियोस् भन्ने कुरा म यो सदनमा ध्यानाकर्षण गराउन चाहान्छु ।’


पूर्वराजा शाहले शनिबार कश्मीर घटनाप्रति समवेदना वक्तव्य जारी गरेका थिए जसमा श्री ५ ज्ञानेन्द्र वीरविक्रम शाहदेव लेखिएको छ । उनले जारी गरेका अन्य वक्तव्यमा समेत त्यही लेख्ने गरेका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार